सिकाइको स्तर अध्ययन गरेर शिक्षण गरौँ : मेयर चौधरी

 

वैशाख २६ चितवन । शैक्षिक गुणस्तर वृद्धीका लागि विद्यालयको तल्लो तहलाई वलियो वनाउनु पर्ने सरोकारवालाहरुले वताए । 

खैरहनी नगरपालिकाले बुधवार आयोजना गरेको शैक्षिक गुणस्तर सुधार सम्वन्धी अर्न्तक्रिया कार्यक्रममा उनीहरुले आधारभूत तहलाई वलियो वनाउनु पर्नेमा जोड दिएका हुन् । खैरहनीका मेयर लालमणी चौधरीले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धीका लागि प्रधानाध्यापक,व्यवस्थापन समिति,अभिभावक जिम्मेवार वन्नु पर्ने वताए । 

null

पराम्परागत रुपमा शिक्षण गराएर शैक्षिक वृद्धी हुन सक्दैन मेयर चौधरीले भने – आधुनिकतालाई प्राथमिकता दिएर मिहनेत गर्न सके सामुदायिक विद्यालयले फड्को मार्छ । सामुदायिक विद्यालयहरुले सिकाईको स्तर अध्ययन गर्ने चलन नरहेको औल्याउँदै मेयर चौधरीले स्तर कम भएका विद्यार्थीलाई माथी उठाउने गरी शिक्षण गराउनु पर्ने वताए । 

नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले शिक्षामा राज्यले ठुलो लगानी गरेको उल्लेख गर्दै प्रधानाध्यापक,शिक्षक अझ वढि जिम्मेवार वन्नु पर्ने वताए । सो अवसरमा विभिन्न विद्यालयका प्रधानाध्यापक,व्यवस्थापन समितिका अध्यक्षहरुले विद्यालयको कमजोर भौतिक अवस्था,शिक्षक दरवन्दी कम ,दक्ष शिक्षकको अभावका कारण सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरले फड्को मार्न नसकेको वताए । 

खैरहनी १० वडगाउँ स्थित आधारभुत विद्यालयका प्रधानाध्यापक रेशम वहादुर केसीले नगरपालिकाले विद्यार्थीका लागि दिवा खाजा, नगर वसको व्यवस्थापन गर्नुका साथै अनुगमनलाई तीव्रता दिनु पर्नेमा जोड दिए । अन्य सहभागीहरुले आ-आफ्ना विद्यालयको समस्या नगरपालिका समक्ष पेश गर्दै शैक्षिक गुणस्तर वृद्धीका लागि गर्न सक्ने उपाय सहितको फारम वुझाएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *