नाम र राजधानी सम्बन्धी प्रतिवेदन सरकारलाई हस्तान्तरण

बैशाख १९, बिरगन्ज । आज सारकारलाई प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी बारे सुझाव संकलन गर्न गठित आयोगले आफ्नो प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन् । 

 

आयोगका अध्यक्ष डा. हरिवंश झाले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पत्रकार सम्मेलन गदैँ मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन हस्तान्तरण गरेका थिए । 

null

डा. हरिवंश झाले प्रतिवेदन हस्तान्तरण पछि प्रदेशको नाम र राजधानी बारे जनता र जनप्रतिनिधिहरुको राय संकलन गरेको जानकारी दिएका छन् । उनले प्रदेश– २ का आठ वटै जिल्लाको सदरमुकाममा सार्वजनिक कार्यक्रमको आयोजना गरि जनप्रतिनिधि, नागरिक समाज, पेशागत संघ संगठन र सर्वसाधारणको राय संकलन गरि प्रतिवेदन तयार पारेको बताएका छन् । 

प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव, समाजिक विकास मन्त्री नवल किशोर साह, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, सुझाव संकलन आयोगका सदस्यहरु लगायतले सहभागिता जनाएको यस कार्यक्रममा मुख्यमन्त्री राउतले आयोगले जनभावना अनुरुप प्रस्तुत गरेको प्रतिवेदन माथि मन्त्री परिषदमा छलफल गरि नाम र राजधानी सम्बन्धी प्रस्ताव प्रदेश सभामा लैजाने प्रतिवद्धता गरेका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 6 =