नेशनललाईफको कोहलपुर शाखा उद्घाटन

बैशाख १८, कोहलपुर । नेशनललाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको कोहलपुर शाखाको उद्घाटन गरिएको छ । श्रीबीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले कम्पनीका  १०० औं शाखाको रुपमा कोहलपुर शाखाको उद्घाटन गर्नुका साथै सो अवसरमा कम्पनीको नयाँ बीमा योजना अमृतश्री नामक अग्रिम भुक्तानी/ आजीवन बीमा लेखको पनि अध्यक्षबाट शुभारम्भ भयो । 

 

श्री बीमा समितीको कार्यकारी निर्देशक राजुरमण पौडेल समेत उपस्थति रहेको सो कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले पछिल्लो समयमा बीमा प्रति आम नागरिकको विश्वास बढ्दै गईरहेको,नेपालमा बीमाको पहुँच बढेर १८ प्रतिशत जनताले बीमा गरेको जानकारी गराउँदैं अब बीमा गाउँ केन्द्रित हुन आवश्यक रहेको उल्लेख गरे । 

null

अध्यक्षले देशको आर्थिक विकासका लागि छरिएर रहेको पूँजिको एकिकृत गरी बीमा मार्फत सही ठाउँमा प्रयोग भइरहेको स्पष्ट पारे । विगतमा बीमा भुक्तानीमा केहि समस्या आईरहेको भए पनि अब बीमाबाट पाउनु पर्ने रकमको भुक्तानीमा कुनै समस्या नआउने अवस्था सिर्जना भएको र नेपालका सबै स्थानिय सरकारसँग सहकार्य गरी र्निजीवन बिमा कार्यक्रम सञ्चालनमा ल्याउन लागेको अध्यक्षले स्पष्ट पारे । 

विशेष गरी नेपाल कृषि प्रधान मुलुक भएकाले पछिल्लो समय कृषि बिमालाई प्राथमिकता दिनुपर्ने भन्दै आधुनिक कृषिको विकासकालागि नेपालका बिमा कम्पनीहरुले कृषि बीमामा जोड दिनुपर्ने अध्यक्षले बताए । 

कम्पनीका प्रमुखकार्यकारी अधिकृत भरत बस्नेतले बीमा बजारलाई आधुनिककरण गर्न र बीमा सेवालाई गाउँगाउँमा पुर्याउन आवश्यक रहेको विचार गरे । उनले श्री बीमा समितिको निर्देशनअनुसार बीमा कम्पनीमा २ अरब रुपैँया चुक्ता पूँजि हुनुपर्ने व्यवस्था भएकोमा कम्पनीको हाल ३ अर्व भन्दा बढी चुक्तापूँजी रहेको र केही समय भित्र बाँकेको नेपालगञ्जमा क्षेत्रीय कार्यालयको भवन निर्माण गर्ने लक्ष्य रहेको जानकारी गराए । कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले कोहलपुर उद्योग वाणिज्य संघका ७ सय ५५ जना सदस्यहरुलाई वार्षिक एक सयका दरले बीमा कार्यक्रम सुरुवात गरिएको र सबै व्यक्ति र क्षेत्रमा बीमा गर्न आवश्यक रहेको बताए । 

कार्यक्रममा बोल्दै ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दक्तराज हमालले कम्पनीलाई प्रशासनिक कार्यक्रममा आवश्यक सहयोग गर्ने प्रतिवद्वता जनाए । कम्पनीको प्रदेश नं. ५ का प्रमुख रामचन्द्र तिवारीले कम्पनीको नया बीमालेख अमृत श्री अग्रीमभुक्तानी/आजीवन सहितको विशेषताहरु बारे कार्यक्रममा जानकारी गराए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *