चोरीको आरोप लागेको सैनिक जवानको मृत्युः स्थानियवासी फरार

  

जेठ ३ । सिरहामा बिदा मनाउन घर आएका एक सैनिक जवान चोरीको आरोपमा स्थानियवासीको कुटपिटपछी मत्यु भएको छ । 

सिरहाको बरियारपट्टी गाउँपालिकाका स्थानीयवासीको निर्घात कुटपिटपछी घाईते भएको सैनिक जवानको उपचारको क्रममा बुधबार साँझ राजधानीको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको हो । 

null

उनको मृत्युपछी त्यस घटनामा संलग्न गाउँका अधिकांश पुरुषहरु फरार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ । 

मृत्यु हुनेमा बरियारपट्टी गाउँपालिका–४ सोहपुर निवासी २२ वर्षीय अनिसकुमार सिंह रहेका छन् । उनी नेपाली सेनाको सङ्खुवासभाको खाँदबारी स्थित गणमा कार्यरत थिए । 

बिदा मनाउन बैशाख २८ गते घर आएका सैनिक जवान सिंहलाई बरियारपट्टी गाउँपालिकास्थित तेनुवापट्टीका वीरेक्षण यादवको घरमा चोरी गरेको भन्दै स्थानियवासीले बिजुली पोलमा बाँधी मरणासन्न हुनेगरी कुटपिट गरेको प्रहरी उपरीक्षक जीवन श्रेष्ठले बताएका छन् । 

प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिहरुको तीब्ररुपमा खोजी कार्य भई्रहेको छ । साथै घटनाको विरोधमा सोहपुरका स्थानीयवासीले बन्द गरेको सिरहाको सुखीपुर–बरियारपट्टी सडकखण्ड दोषीलाई कारवाही गर्ने प्रतिबद्धतामा खुल्ला गरिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *