नेपालभाषाको पत्रिका ‘थाय्भू’बारे विमर्श

बैशाख २०, काठमाडाैँ ।  हिजाे बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा नेपालभाषाको वार्षिक पत्रिका ‘थाय्भू’बारे स्रष्टा भेटघाट तथा विमर्श कार्यक्रम आयोजना गरियो । 

 

नेपालभाषा साहित्यमा कलम चलाइरहेका नेवारी स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम प्रज्ञा–प्रतिष्ठानको मातृभाषा साहित्य विभागको संयोजनमा भएको थियो । 

null

उक्त विभागद्वारा नियमित रुपमा प्रकाशित हुँदै आएको नेपालभाषाको वार्षिक पत्रिका ‘थाय्भू’लाई अर्धवार्षिक वा त्रैमासिक बनाउन नेपालभाषाका स्रष्टाहरूका तर्फबाट मोहनबहादुर कायस्थ र पुष्प चित्रकारले आग्रह गरे । 

प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठान मातृभाषाका साहित्यको संवर्धनका निम्ति गम्भीरताका साथ लागेको बताए । उनले मुलुकभित्र बोलिने सबै मातृभाषाप्रति प्रतिष्ठानको समान सम्मान र दायित्व रहेको भन्दै ‘थाय्भू’को नियमित ग्राहक बनेर सहयोग गर्न सम्बन्धित भाषाका स्रष्टाहरूलाई अनुरोध गरे । 

 

उपकुलपति डा. जगमान गुरुङले संस्कृतिले अन्तरभाषी समुदायलाई एकै सूत्रमा जोड्ने बताए । उनले आफ्नो भाषा, साहित्यको जगेर्नाका लागि नेपालभाषाका स्रष्टाहरू गम्भीरतापूर्वक लाग्नु पर्नेमा जोड दिए । 

मातृभाषा साहित्य विभागका प्रमुख एवम् ‘थाय्भू’का प्रधानसम्पादक प्राज्ञ लक्ष्मी मालीले ‘थाय्भू’को ग्राहक बनेर सम्बन्धित भाषी समुदायले सहयोग गरेमा पत्रिका अर्धवार्षिक हुँदै त्रैमासिक रूपमा प्रकाशित हुन सक्ने बताए । 

प्राज्ञसभा सदस्य एवम् पत्रिकाका पूर्व कार्यकारी सम्पादक धु्रव मधिकर्मीले ‘थाय्भू’ नेपालभाषा साहित्यको श्रीवृद्धिकै निम्ति समर्पित रहेको हुँदा पत्रिकालाई अरु प्रभावकारी बनाउन सम्बन्धित लेखक/साहित्यकारको रचनात्मक सहयोग अपरिहार्य हुने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *