कामना सेवाको “MOBILE BANKING” सेवामा स्तरोन्नती
मकालु खबर
२०७६ वैशाख २४ गते
बैशाख २३, काठमाडाैँ । “प्रगतिको आधार कामना सेवासँग कारोवार” भन्ने मुलनाराका साथ आमजनता माझ विभिन्न बैैंकिङ सेवा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले विविध विशेषताहरु भएको परिमार्जीत, आधुनिक र सरल “Mobile Banking V5” सेवा आज देखि प्रयोगमा ल्याएको छ ।
ग्राहकहरुको समय सापेक्ष आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै हाल संचालनमा रहेको सेवामा केही सुविधाहरु थप गरि यो सेवा सार्वजनिक गरिएको हो। यो सेवा प्रयोगकर्ताहरुले Biometric login, QR payment, क्रेडिट कार्डको बिल, इन्स्योरेन्सको प्रिमियम,स्कूल तथा कलेजको फि, विद्युत र खानेपानी महशुल आदीको भुक्तानी, आफ्नो बैङ्कखाताको रकम अन्य बैङ्क तथा वित्तीय संस्थाको खातामा रकमान्तर गर्न, E-SEWA मा जम्मा गर्न, Mobile top up गर्ने जस्ता भुक्तानीहरुमा सहयोगी हुने बैङ्कले जनाएको छ ।
null
मकालु खबर
२०७६ वैशाख २४ गते
प्रतिक्रिया
सम्बन्धित