भियतनामका नेपालीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

बैशाख २९, काठमाडौं । भियतनामको भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले भियतनामका उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन्  । प्रधानमन्त्रीले शुक्रबार भियतनाम–नेपाल व्यवसाय मञ्चलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । 

प्रधानमन्त्री ओलीले व्यापार तथा लगानी प्रवद्र्धनका लागि नेपाल–भियतनाम संरचना सम्झौताको समझदारीपत्रमा हस्ताक्षरले दुई मुलुकबीच आर्थिक सहयोगलाई अगाडि बढाउने विस्वास ब्यक्त गरे । यसले दुई मुलुकबीच व्यापारिक समुदायमा क्रियाकलाप बढाउने उनको विस्वास थियो । 

 

null

नेपाली जनता घरेलु प्रयास तथा अन्तराष्ट्रिय सहयोगमा मुलुकलाई समृद्ध बनाउन दृढ रहेको बताउँदै प्रधानमन्त्रीले दुई देशबीच बलियो सम्बन्ध विकास गर्ने बताए । ‘भियतनाममा डोई–मोई सुधार आरम्भ भएपछि ठूलो आर्थिक सुधार भएको छ, युद्ध प्रभावित कृषि अर्थतन्त्रबाट व्यावसायिक मध्यम आययुक्त मुलुक बन्ने भियतनामको संक्रमणले हामीलाई वास्तवमै अभिप्रेरित गरिरहेको छ ।’ उनले भने ।  

भियतनामको उदाउँदो अर्थतन्त्र चम्किलो ताराजस्तो देखिएको भन्दै यसमा सरकार र जनता दुवैको मिहिनेत रहेको प्रधानमन्त्री ओलीले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *