प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा

 

जेठ १०, काठमाडौँ । प्रभु बैंक लिमिटेडको नयाँ शाखा कार्यालय कपिलवस्तुको शिवराजनगरपालिका वडा नं. ५ स्थित चन्द्रौटामा आजदेखि सञ्चालनमा आएको छ । 

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँगाउँमा बैंकिङ्ग पहुँच पुर्याउने उदेश्यले उक्त स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएकाे हाे । 

null

शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीबाट एक समारोहकाविच बैंकको चन्द्रौटा शाखाकार्यालय समुद्घाटन गरिएकाे छ । 

 

शाखाकार्यालय उद्घाटन कार्यक्रममा कपिलवस्तु जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु,उद्योग वाणिज्य संंघ कपिल वस्तुका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेकोथियो । 

कार्यक्रमका प्रमुख अतिथी शिवराजनगरपालिकाका मेयर नेत्रराज अधिकारीले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै चन्द्रौटा शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवाउ पभोग गर्ने अवसर मिलेको बताए । 

आजदेखि सञ्चालनमा आएको बैंकको चन्द्रौटा शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *