राहुल गान्धीको हारको संकेत पाएसँगै सोसल मिडियामा सिद्धु ट्रोलकाे शिकार

 

जेठ १० ।  कांग्रेस नेता नवजोत सिंह सिद्धुले भारतीय आम निर्वाचनको क्रममा आफ्नो चुनावी भाषणमा स्मृति इरानीले अमेठीमा राहुल गान्धीलाई हराए राजनीति छोड्ने बताएका थिए । 

सिद्धुले यदि कांग्रेस अध्यक्ष राहुल गान्धी अमेठीमा हारे भने आफूले राजनीतिबाट सन्यास लिने बताएका थिए । स्मृति इरानीले अमेठीमा राहुल गान्धीलाई ५५ हजार बढी भोटले हराइन् र राहुल गान्धीको हारको संकेत पाउने बित्तिकै सोसल मिडियामा सिद्धुलाई नराम्रोसँग ट्रोल गरिँदै छ । 

null

  

भारतमा ट्वीटरमा #sidhuquitpolitics र Sidhu Ji टप ट्रेन्डमा छन् । मानिसहरु यी ह्याशट्यागका साथै मिम्स पनि सेयर गरिरहेका छन् । 

  

सिद्धुको बयानको स्क्रिनसट पनि फेसबुक र ट्वीटरमा निकै सेयर गरिएका छन् । 

  

एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘अब हामीलाई विश्वकपमा तपाईंको कमेन्ट्रीको प्रतिक्षा छ, यदि तपाईंले अमेठीका लागि राजीनामा दिनुहुन्छ भने । हामी तपाईंलाई मिस गर्नेछौं ।’ 

  

गितार्थ कुमार लेख्छन्, ‘अब के भन्ने सर ? अंग्रेजीमा एउटा भनाई नै छ नि आफ्नो जिब्रोलाई त्यसरी नै सम्हाल्नुहोस् जसरी आफ्नो सुन र हिरा सम्हाल्नुहुन्छ ।’ 

  

एक अन्य प्रयोगकर्ताले लेखेका छन्, ‘सिद्धुलाई यो सम्झाउने बेला आएको छ कि भाइ, बोल्नुअघि दुईपटक सोच्नुहोस् । यो क्रिकेट वा कमेडी शो होइन, जहाँ तपाईं जे पनि बोल्न सक्नुहुन्छ ।’ 

  

श्रेया शर्मा लेख्छिन्, ‘तपाईंको उत्तर चाहिन्छ । तपाईंको राजीनामा चाहिन्छ ।’ 

  

एक अन्य प्रयोगकर्ताले लेखेका छन्, ‘अमेठीका मानिसहरु खासमा स्मृति इरानीलाई भोट दिन चाहँदैनथे तर जब उनीहरुले सिद्धुको बयान सुनेपछि उनलाई राजनीतिबाट बाहिर निकाल्न तब उनीहरु भोट दिन बाध्य भए ।’ 

  

यसअघि पनि नवजोत सिंह सिद्धु आफ्ना विभिन्न बयानका कारण विवादमा रहिसकेका छन् । एजेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =