एकै स्थानको दुई युवती झुण्डिएको अवस्थामा फेला

बैशाख ३०, पर्सा । पर्सामा एकै दिनमा दुई युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । 

 

आइतबार राति छिपहरमाई गाउपालिका वडा नम्बर ३ बस्ने बिवाहित २२ वर्षीया बिन्दा देवी को शव आफ्नै कोठाको सिलिङ फ्यानमा सलको पासो लगाई झुण्डीएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

null

त्यसैगरी साही स्थान बस्ने २० वर्षीय बिवाहित सन्तोषीको शव आफ्नै घर पछाडिको अम्बाको रुखमा सारीको पासो लगाई झुण्डीएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । 

घटना किन र के करणले भयो खुल्न सकिरहेको छैन । एकै स्थानमा घटेको यी दुई घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *