मकवानपुरमा ट्रकमा आगजनी, हेटौँडामा बम डिस्पोज

काठमाडौं, १३ जेठ । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै सोमबार बिहान हेटौँडाको चौकीटोलमा एउटा गाडीमा आगजनी गरेका छन् । त्रिभुवन राजपथ अन्तर्गत हेटौँडाको चौकी टोलमा प्रहरी चौकी नजिकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

आगजनीका कारण गाडी पूर्णरुपमा जलेको छ ।यस्तै, आज बिहान हेटौँडाको बुद्धचोक नजिक प्रेसर कुकर बम फेला परेको थियो । बम राखेको थाहा पाउनासाथ प्रहरीले नेपाली सेनालाई खबर गरेर बिहान ५ बजेतिर बम डिस्पोज गरिएको प्रहरीले जनाएको छ । विप्लव नेतृत्वले गरेको बन्दका कारण हेटौँडा बजार सुनसान बनेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *