गोरखामा बेहुली पक्षको कुटाइबाट जन्तीको मृत्युः १५ पक्राउ

वैशाख १९, काठमाडौं । गोरखामा बेहुला पक्ष र बेहुली पक्षबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । 

मृत्यु हुनेमा लमजुङका ३४ वर्षीय विष्णुबहादुर कुमाल रहेका छन् । पोखराका प्रहरी नायव उपरीक्षक भोला रावलले जानकारी दिए अनुसार बुधबार जमजुङबाट बेहुलाको जन्ती बनी गोरखाको पालुङटार नगरपालिका-४ मा जन्ती आएका कुमाललाई बेहुली पक्षको व्यक्तीले केटी जिस्काएको सामान्य कुरामा मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । 

कुटपिटबाट गम्भिर घाईते भएका कुमालको उपचारको क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको थियाे । घटनामा संलग्न १५ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *