मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

उद्योग वाणिज्य संघ खैरहनीको साधारण सभा भाँडभैलो

काठमाडौं, २४ वैशाख । चितवन स्थित उद्योग वाणिज्य संघ खैरहनीको ९ औं साधारण सभामा लफडा मच्चिएको छ । विधान संसोधनको विषयलाई लिएर कार्यसमितिकै पदाधिकारीबाट विरोध आएपछि साधारण सभा सम्पन्न हुन सकेन् । साधारण सभाका लागि गणपुरक संख्या नपुगि विधान संसोधन हुन नसक्ने आवाज उठेपछि अनिश्चितकालका लागि सभा स्थगीत भएको श्रोतले जनाएको छ । 

 

संघका निवर्तमान अध्यक्ष गुणराज श्रेष्ठले विधान संसोधन प्रस्ताव वन्द शत्रमा पेश गरेपश्चात संघकी द्धितिय उपाध्यक्ष शेषकुमारी ओली ,पुर्व अध्यक्ष केशव पाठक लगायतकाले गणपुरक संख्या नपुगेको भन्दै विरोध जनाएका थिए । विरोधपछि सभामा होहल्ला मच्चिएपछि विधान संसोधन हुन नपाई साधारण सभा स्थगीत भएको बताईएको छ । प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउने गरी विधान संसोधन प्रस्ताव पेश भएको थियो । 

null

साधारण सभा अघि आईतवार बसेको कार्यसमिति बैठकले विधान संसोधन पारित गर्ने सहमती गरेको थियो । तर सहमती अनुसार साधारण सभाले पारित हुन सकेन् । विधान संसोधनका लागि जिम्मेवारी पाएका संघका निवर्तमान अध्यक्ष गुणराज श्रेष्ठले साधारण सभामा गणपुरक संख्या नपुगेको स्वीकार गरेका छन् । बन्द शत्रमा संघले पहिलो पटक आयोजना गरेको प्रथम खैरहनी महोत्सवको हिसाव किताव पारदर्शी नभएको भन्दै विरोध पनि उठेको थियो । 

कार्यसमितिकै पदाधिकारी तथा सदस्यहरुले अध्यक्ष चन्द्रप्रसाद सापकोटाको नेतृत्व प्रति असन्तुष्ठी जनाउँदै आएका थिए । विधान संसोधनका लागि कार्यसमितिको बैठक बसेर पुन मिति तोकिने श्रोतले जनाएको छ । 

प्रतिकृयाहरु
Loading...