अर्थमन्त्री खतिवडा फिजी प्रस्थान

 

                                                                     फाइल तस्विर 

बैशाख १७, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा मंगलबार फिजी प्रस्थान गरेका छन् । 

null

एसियाली विकास बैंकको बोर्ड अफ गभर्नर्सको ५२ औँ वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री खतिवडा आज फिजीतर्फ प्रस्थान गरेका हुन् । 

आगामी मे ०२–०५ सम्म फिजीको नादीमा आयोजना हुने बैठकमा मन्त्री खतिवडाले नेपालको गभर्नरको रुपमा वार्षिक बैठकका विषयसूचीमा धारणा राख्ने उनको नीजि सचिवालयले जनाएको छ । 

कार्यक्रममा अर्थमन्त्री खतिवडाले एसियाली विकास बैंकका अध्यक्ष तथा दक्षिण एसियाका महानिर्देशक, युरोपियन लगानी बैंक, ओफिडलगायतका वित्तीय संस्थाहरुका उच्चपदस्थ प्रतिनिधिहरुसँग महत्वपूर्ण छलफल तथा भेटघाट पनि गर्नेछन् । 

बैठकमा सहभागी हुन अर्थमन्त्रीसहित अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख पनि फिजी प्रस्थान गरेको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

अर्थमन्त्री खतिवडा २१ गते साँझ स्वदेश फर्किने कार्यक्रम छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *