आईसीटी दिवसमा एनआईसी एसिया बैंकको कार्डबाट ‘खल्ती’मा पैसा राख्दा १० प्रतिशत बोनस 

बैसाख १८, काठमाडौं । राष्ट्रिय आईसीटी दिवस २०१९ को अवसरमा खल्ती र एनआईसी एशिया बैंकले संयुक्त रुपमा आफ्ना ग्राहकहरूको लागि एक विशेष बोनस अफरको घोषणा गरेका छन्। 

 

उक्त अफरमा एनआईसी एशिया बैंकद्वारा जारी क्रेडिट तथा डेबिट कार्डहरू प्रयोग गरेर खल्ती वालेटमा फण्ड लोड गर्दा प्रयोगकर्ताले १० प्रतिशत अतिरिक्त बोनस प्राप्त गर्नेछन्। 

null

यो योजना मे २, २०१९ (बैशाख १९, २०७६), एक दिनको लागि मात्र लागु हुनेछ। बैंकद्वारा जारी गरिएका कार्डहरू मार्फत आफ्नो खल्ती खातालोड गर्दा प्रयोगकर्ताहरूले तुरुन्तै बोनस रकम पाउँनेछन्। प्रयोगकर्ताले यसरी प्राप्त गर्ने बोनस रकम अधिकतम १००० रुपैयाँ (कर सहित) मात्रहुनेछ। प्रत्येक खल्ती प्रयोगकर्ताले यो योजनामा दिनभरमा एकपटक मात्र सहभागी हुन सक्नेछन् । यसरी प्राप्त गरिएको बोनस खल्ती डिजिटल वालेटमा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानी सेवामा प्रयोग गर्न सकिनेछ । 

यसका अतिरिक्त, एनआईसी एशिया बैंकले ग्राहकहरुका लागि मोबाइल बैंकिङ सेवामा अनलाइन दर्ता सुविधा समेत खुला गरेको छ । ग्राहकहरु जसले मोबाइल बैंकिङ्ग सेवा लिएका छैनन्, उनीहरुले अनलाईनबाटै मोबाइल बैंकिङ्गको लागि साइनअप गरी युजरनेम र पासवर्ड प्राप्त गर्न सक्नेछन् । 

राष्ट्रिय आईसीटी दिवस प्रत्येक वर्ष नेपालमा मे २ का दिन मनाउँदै आइएको छ । सुचना प्रविधि विभाग तथा विभिन्न सुचना प्रविधि सम्बन्धित संस्थाहरूद्वारा विभिन्न कार्यक्रम सञ्चालन गरी यस दिनलाई राष्ट्रिय प्राविधिक उत्सवको रूपमा मनाईन्छ। हरेक वर्ष यसै दिन सुचना प्रविधि क्षेत्रमा रहि विभिन्न योगदान पुराउने व्यक्तित्वहरुलाई “राष्ट्रिय आईसीटी पुरस्कार” समेत प्रदान गरि सम्मान गरिन्छ । 

सन् २०१७, जनावरी २६ बाट नेपालीबजारमा आरम्भ भएको खल्ती एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्ती एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिलभुक्तानी, इण्टरनेट तथा डीटीएचको बिलभुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ तथाअन्यथुप्रै सेवाहरु लिन सकिन्छ । हालखल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाखभन्दा बढि रहेको छ । 

त्यस्तै, निजीक्षेत्रको प्रमुख व्यावसायिक बैंकहरु मध्यको एक –एनआईसी एशिया बैंकको मुलुकभर २८४ शाखाकार्यालयहरु, २८९ एटीएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ्ग ईकाई छन् । बैंकमा करिब १६ लाख ग्राहकहरू रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *