पूर्वमै पहिलो पटक नोबेलमा थोर्याकोस्कोपी सुरु (भिडियोसहित)

 

बैशाख २७, विराटनगर । पूर्वी नेपालमै पहिलो पटक नोबेल शिक्षण अस्पतालले मेडिकल थोर्याकोस्कोपी सुरु गरेको छ । रोगका कारण फोक्सो बाहिरको झिल्लीमा जमेको पानी, पिप, हावा वा विकार युक्त पदार्थ निकाल्ने वा फोक्सो सम्बन्धि रोग पत्ता लगाउने विधि थोर्याकोस्कोपी हो । 

यो विधिमार्फत् छातीमा प्वाल पारेर थोर्याकोस्कोप छिराई रोग पत्ता लगाउने र उपचार गर्ने गरिन्छ । 

null

नेपालमा बिरलै मात्र प्रयोगमा रहेको यो उपचार पद्धती काठमाडौं बाहिर पहिलो पटक सुरु गरिएको नोबेल अस्पतालका छाती तथा फोक्सो रोग विशेषज्ञ डा.रामहरी घिमिरेको भनाइ छ । डा.घिमिरेका अनुसार रोगका कारण फोक्सो बाहिरको झिल्लीमा पानी, पिप, हावा वा विकार युक्त पदार्थ जम्मा हुने गर्छ । त्यसलाई थोर्याकोस्कोपी विधिमार्फत् निकालेपछि बिरामीलाई निको हुन्छ । 

थोर्याकोस्कोपीका लागि पूर्वी नेपालका बिरामीहरु काठमाडौं वा मुलुक बाहिर जानुपर्ने बाध्यता थियो । तर, अब नोबेलले यो उपचार पद्धती सुरु गरेपछि बिरामीलाई अन्यत्र जानुपर्ने बाध्यता हटेको डा.रामहरीले बताए । ‘हामीले पूर्वी नेपालमा पहिलो पटक थोर्याकोस्कोपी सुरु गरेका हौँ । नेपालका १/२ वटा अस्पतालमा मात्र यो उपचार हुने गर्छ’, उनले भने, ‘यसबाट बिरामीलाई धेरै सजिलो भएको छ ।’ 

 

नोबेलमा थोर्याकोस्कोपी सुरु भएपछि थोर्याकोस्कोपीका लागि बिरामी पनि प्रशस्त आउन थालेको अस्पतालले जनाएको छ । उपचार गर्न टाढा जानुपर्ने बाध्यता हटेको भन्दै बिरामीहरु हर्षित छन् । 

फोक्सोको बाहिरी झिल्लीमा पिलिएको रगत जमेर उपचारका लागि तेह्रथुमबाट आएका जिवेन्द्र शेर्माले नोबेलमा थोर्याकोस्कोपी गराएपछि निको भएको भन्दै खुःशी व्यक्त गरे । भर्याङबाट लडेका शेर्माको फोक्सोको बाहिरी झिल्लीमा रगत पिलिएर जमेको थियो । जसका कारण उनलाई बोल्न र श्वास फेर्नसमेत गाह्रो थियो । तर, छातीमा प्वाल पारेर थोर्याकोस्कोप छिराई पिलिएको रगत निकालेपछि सन्चो भएको उनले बताए । 

शेर्माको जस्तै समस्या भएका दर्जन बढी बिरामीलाई नोबेलले थोर्याकोस्कोपी विधिमार्फत् रोग पत्ता लगाई निको पारिसकेको छ । 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *