राजकुमार ह्यारी र मेगनका शिशुको सट्टा बाँदर राखेपछि…


बैशाख २६, काठमाडौं । केही दिन अघि मात्रै माता–पीता बनेका बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगनको शिशुको ठाउँमा बाँदरको तस्विर राख्ने बीबीसीका रेडियो सञ्चालकलाई बर्खास्त गरिएको छ ।
आफ्नो शिशुसँग पहिलोपटक मिडिया सामू आएको केही बेरमा बीबीसीमा कार्यरत रेडियो कार्यक्रम सञ्चालक डेनी बेकरले तीनै जनाको नक्कली तस्विर राखेर समाचार बनाएका कारण उनलाई बर्खास्त गरिएको हो ।
null
सामाजिक सञ्जालमा पनि उनले उक्त फेक तस्विर राखेर ‘रोयल बेबी लिभ्स हस्पिटल’ अर्थात् ‘शाही शिशु अस्पतालबाट बाहिरिए’ भन्दै पोस्ट गरेका थिए । उनले सार्वजनिक गरेको तस्विरमा न ह्यारी छन्, न त मेगन नै छन् । न ती बच्चा नै हुन् । तस्विरमा देखिएको उक्त फेक जोडीका साथमा शिशुको सट्टा बाँदर थियो।
उनले गरेको टिप्पणी उचित नभएको तथा आफ्नो मूल्य मान्यताविरुद्ध भएका कारण बर्खास्त गरिएको बीबीसीले जनाएकाे छ ।
डचेज अफ सकेक्स अर्थात ह्यारीकी श्रीमती मेगनले स्थानीय समय अनुसार सोमबार बिहान ५ बजेर २६ मिनेट जाँदा छोरा जन्माएकी हुन् । छोराको नाम आर्ची ह्यारिसन माउन्टब्याटन–विन्डसर राखिएको छ ।
गत वर्षको जेठमा उनीहरु बैवाहिक बन्धनमा बाँधिएका थिए । उनीहरू सन् २०१६को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ। राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोल क्रममा रहेका राजकुमार ह्यारीको प्रेमी जोडी गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिक रूपमा देखा परेका थिए।
