मुलुक साढे १० खर्ब ऋणमा, एक नेपाली बराबर कति ऋण ?

२०७६ जेठ १४ गते

काठमाडौं, १४ जेठ । मुलुक करिब साढे १० खर्ब रुपैयाँ ऋणमा परेको छ । सोमबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार डलर महंगिनु र वैदेशिक ऋण बढ्नुलगायत कारणले नेपालको ऋणभार चुलिएको हो । यो खबर आजको कान्तिपुर दैनिकमा कृष्ण आचार्यले लेखेका छन् ।
‘०७५ फागुनसम्म भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण ९ खर्ब ७८ अर्ब ४५ करोड रुपैयाँ छ,’ सर्वेक्षणले भनेको छ । सरकारले अब उठाउने पक्कापक्की भइसकेको आन्तरिक ऋणको ८६ अर्ब रुपैयाँ जोड्ने हो भने १० खर्ब ६४ अर्ब रुपैयाँ मुलुक ऋणमा परेको देखिन्छ ।
null
‘फागुनसम्म प्रतिव्यक्ति ऋण ३३ हजर १ सय ७४ रुपैयाँ छ,’ सर्वेक्षणमा छ । त्यसलाई हालको जनसंख्या २ करोड ९५ लाख पाँच सयले भाग गर्दा ३३ हजार रुपैयाँभन्दा वढी देखिएको हो ।

२०७६ जेठ १४ गते
प्रतिक्रिया
सम्बन्धित