कुलमान कड्किए, अनि सुरु भयो सब स्टेशनको काम


जेठ ३, काठमाडौं । निर्माणधीन त्रिशुली थ्री बी हब सब स्टेशनको निर्माण कार्य सुचारु भएको छ ।
सब–स्टेशन त्रिशूली नदी किनारको नुवाकोटतर्फको भागमा भइरहेको काममा २ दिनदेखि रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ४ का स्थानीयले अवरोध सिर्जना गरेका थिए ।
null
नुवाकोटको पैरबेसीमा निर्माणाधीन त्रिशुली थ्रीबी हब सब स्टेशनको काममा स्थानीयले विभिन्न माग राख्दै अवरोध सिर्जना गरेका हुन् । बिहीबार कुलमान काम रोक्ने स्थानीयसँग तपाईंको अवरोधले एक दिन मुलुकलाई करोडौँको क्षति हुने भन्दै कड्कीएपछि शुक्रबार बिहानबाट काम सुचारु भएको हो ।।
उनले काममा अवरोध सिर्जना गर्ने स्थानीयलाई ‘जनताको माग हामी पुरा गर्छौँ । तपाईंको जग्गामा काम गर्या छ ? काम रोक्दा कति क्षति हुन्छ थाहा छ ? के गर्नुहुँदो रहेछ म हेर्छु ? अब एक दिन कसैले रोक्यो भने म तपाईँलाई (त्यहाँका अध्यक्ष) नै लगेर थुनिदिन्छ’ भन्दै आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए ।
घिसिङले सब–स्टेशन निर्माण गर्दा स्थानीयको जग्गा र घरहरुको सुरक्षाका लागि पर्खाल लगाउने काम भएको र बाँकी कामको लागि बसेर छलफल गर्न सकिने पनि बताएका थिए ।
त्रिशुलीको थ्री बी हब निर्माण विद्युत प्राधिकरणलाई आउँदो पुसको मध्य भित्रै सक्नुपर्ने दबाब छ।
सब स्टेशन निर्माण पूरा नभए प्राधिकरणले दैनिक करोडौं रकम जरीवाना तिर्नुपर्नेछ। १११ मेगावाटको रसुवागढी, ४२ मेगावाटको सान्जेन, १४ माथिल्लो सान्जेनको विद्युत यहि सब स्टेशन हुँदै राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ। आयोजना निर्माण पुरा हुँदा समेत प्राधिकरणले स्टेशन र प्रशारण लाइन नबनाए क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ । त्यसैले कुलमान रिसाएका हुन् ।
