गुडिरहेका ट्रकमा करेन्ट लाग्दा २ को मृत्यु दुईको अवस्था चिन्ताजनक

 

जेठ १३, हेटौंडा । मकवानपुरमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा दुइ जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । 

मकवानपुरका प्रहरीले जनाए अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीको कोगटेखोला नजिक गुडिरहेको ट्रकमा करेन्ट लागेको हो । 

null

मृत्यु हुनेमा सिन्धुलीको तीन पाटन ९ बस्ने चालक २८ वर्षको वीरबहादुर मगर र नुवाकोटको बेलकोटगढी गाउँपालिका ७ का ३५ वर्षीय विशाल तामाङ रहेको मकवानपुरका डीएसपी यज्ञप्रसाद भट्टराईले जनाएका छन् । 

तीन पाटन ९ बस्ने २५ वर्षीय गोपाल रामुनी र दाङ घर भइ ललितपुर बस्ने ४५ वर्षीय महेश बस्नेतको अवस्था भने चिन्ताजनक रहेको छ भने उनीहरुलाई उपचारको लागि काठमाडौं पठाई सकिएको  भट्टराईले बताएका छन् । 

ना ७ ख ९३२६ नम्बरको लहरी ट्रक सिस्नेरीमा रहेको माण्डु हाइड्रोपावरका लागि विद्युतीय सामग्री लिएर आयोजनास्थलतर्फ जाँदै गर्दा ११ हजार भोल्टेजको हाइटेन्सन लाइनमा छुँदा ट्रकमा करेन्ट सर्ट भई उक्त दुर्घटना हुन पुगेको हाे ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *