किशोरीको मृत्युपछी स्थानिय र प्रहरीबिच झडप हुँदा ७ प्रहरी घाईते

बैशाख १७, कैलाली । कैलालीको लम्कीमा स्थानियबासी र प्रहरीबिच मुढभेड हुँदा एक शिक्षक र ७ प्रहरी घाईते भएका छन् । 

 

कैलालीको लम्कीचुहा नगरपालिका ३ मा सुनिता रावलको मृत्यु भएपछी उनका आफन्त र स्थानियवासीले आन्दोलन गरेपछी प्रहरी र आक्रोशित स्थानियवासीबीच मुढभेड हुँदा ७ प्रहरी र एक शिक्षक घाईते भएक हुन् । 

null

घाइतेहरुको कैलालीको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ । आन्दोलनकारीहरुले पूर्वपश्चिम राजमार्गका सडक सम्म अबरुद्ध गरी सडकमा बिरोध प्रदर्शन गरेको र सडक खुलाउन प्रहरी जाँदा प्रहरीमाथि ढुंगा प्रहार गरी प्रहरीलाई  घाइते बनाएको कैलालीका एसपी आभूषण तिमिल्सेनाले बताएका छन् । 

मृतक सुनिताकाे ना ७ ख ९२३३ नम्बरको ट्रकको ठक्करबाट मृत्यु भएको थियो । उनको शवलाई स्थानियबासी र मृतकको आफन्तले अझै उठाउन मानेका छैनन् । हाल कैलालीको लम्कीबजारको अवस्था तनावग्रस्त भएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *