भ्रष्टाचार विरुद्दको अभियानमा राजनीतिक दल लाग्नुपर्छः नेता सिंह

चैत्र २६, काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार विरुद्दको आन्दोलनमा राजनीतिक दल लाग्नुपर्ने बताएका छन् । 

प्रजातन्त्र पुनस्र्थापना दिवसको अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आज आयोजना गरेको ‘भ्रष्टाचार विरुद्दको अभियानः लोकतन्त्रका पर्याय गणेशमान’ विषयक विचार गोष्ठीमा नेता सिंहले भ्रष्टाचार अन्त्यको लागि राजनीतिक दल नै लाग्नुपर्ने बताएका हुन् । 

नेता सिंहले २०४६ सालको जनआन्दोलनलाई सफल बनाउन स्वर्गीय गणेशमान सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । ‘२०४६ सालमा आएको परिवर्तनलाई संस्थागत गर्न नसक्दा २०६२/०६३ को आन्दोलन गर्नुपर्ने अवस्था आयो, यो नेपाली राजनीतिक दलको कमजोरी हो’–उनले भने । गणेशमान सिंह भ्रष्टाचार विरोधी नेता भएको उनको भनाई थियो । 

null

 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीले प्रजातान्त्रिक प्रक्रियालाई टिकाएर राख्न गणेशमान सिंहको महत्वपूर्ण भूमिका रहेको बताए । ‘गणेशमान सिंह लोकतन्त्रका लागि बढी चिन्तन गर्ने र त्यसको संरक्षणका लागि लागिपर्ने व्यक्ति हुनुहुन्थ्यो ।’–उनले भने । नेता जोशीले स्वर्गीय सिंह एउटा लक्ष्य राखेर अगाडि बढेको व्यक्ति भएकाले कसैसँग विचलित नभएको बताए । 

पूर्व सभामुख दमननाथ ढुङ्गानाले लौहपुरुष गणेशमान सिंह भ्रष्टाचार विरोधी नेता भएको जिकिर गरे । ‘भ्रष्टाचार घटाउन व्यक्तिभित्र निष्ठाको खाँचो आवश्यक छ ।’–उनले भने । 

पूर्व सभामुख ढुङ्गानाले भ्रष्टाचार राजनीतिक दलबाट बढिरहेको बताउँदै भ्रष्टाचार घटाउन राजनीतिक दल र जनप्रतिनिधी लाग्नुपर्ने उल्लेख गरे । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेलले मुलुकमा देखिने र नदेखिने भ्रष्टाचार बढ्दै गएको बताउँदै यसले लोकतन्त्रलाई खतरामा पर्न खोजेको धारणा राखे । 

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले गणेशमान सिंहको बारेमा नयाँ पुस्तालाई चिनाउनु जरुरी रहेको उल्लेख गरे । 

पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलले मुलुकमा निर्वाचन प्रणाली महङ्गो हुँदै गएको वताए । डा. दधी अधिकारीले मुलुकको आर्थिक विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्नु जरुरी रहेको औल्याए । लोकतन्त्र बलियो भएमात्र मुलुक आर्थिक विकासको गतिमा अगाडि बढ्न सक्ने उनको भनाई छ । 

विस २०७२ कात्तिक २४ मा जन्मिएका नेता सिंहको आह्वानमा २०४६ सालको जनआन्दोलन सफल भई चैत २६ गते मुलुकमा बहुदलीय प्रजातन्त्र पुनस्र्थापना भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *