एनआईसी एशिया बैंकको २ नयाँ शाखा उद्घाटन

 

बैशाख १६, काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र २ नयाँ शाखा कार्यालयहरुको आज औपचारिक उद्घाटन गरेको छ । 

ग्रामिण तथादुर्गम स्थानहरु साथै शहरी क्षेत्रमासमेत आफ्नो उपस्थितिलाई थपदरिलो बनाउने क्रमसँगै बैंकले आफ्नो शाखा विस्तार योजना अगाडी बढाएको हो । 

null

काठमाडौं महामनगरपालिका वडा नं १४, मेट्रो हल, कुलेश्वर स्थित कुलेश्वर शाखाको उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख अमित केÞÞसी तथा काठमाडौं महानगरपालिका वडा नं ३२, कोटेश्वर स्थितकोटेश्वर शाखाको प्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख राजेश रावलले सोमबार उद्घाटन गरे । 

बैंकले हाल मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

करिब १६ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको बैंकले जनाएको छ । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको बैंकका नायब प्रमुख सूचना अधिकृत अर्जुन राज खनियाले जानकारी दिए । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *