सर्वोच्चले भन्यो– तीन दिनभित्र सुधीर बस्नेतलाई अदालतमा उपस्थित गराऊ

 

चैत २५, काठमाडौं । सर्वोच्च अदालतले सहकारी र हाउजिङमा करोडौं ठगीको आरोप लागेका सुधीर बस्नेतलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । 

श्रीमती सुनिता बस्नेतले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेपछि गत बुधबार ठगी मुद्दामा पक्राउ परेका ओरियन्टल सहकारीका सञ्चालक बस्नेतलाई अदालत हाजिर गराउन सर्वोच्चले सरकारको नाममा आदेश जारी गरेको हो । 

null

सोमबार सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बस्नेतलाई तीन दिनभित्र सर्वोच्च पेस गर्न आदेश जारी गरेको हो । 

चैत २० गते महानगरीय प्रहरी परिसर अपराध अनुसन्धान महाशाखा टेकुले बस्नेतलाई काठमाडौंको भीमसेनगोलाबाट पक्राउ गरेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *