यात्रुबाहक बस ठोकिन्दा एकको मृत्यु १७ घाईते

 

बैशाख ३, बुटवल । रोकेर राखिएको भारतीय नम्बर भएको ट्रकमा यात्रुवाहक बसले ठक्कर दिंदा १ जनाको मृत्यु १७ जना घाईते भएका छन् । 

बुटवल–पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने कपिलवस्तुको बाणगंगा भन्ने स्थानमा रोकेर राखिएको भारतीय नम्बर प्लेट भएको ट्रकमा ना.६.ख २४६७ नम्बरको बसले ठक्कर दिंदा उक्त दुर्घटना हुनु पुगेको हो । ४३ जना यात्रु बोकेको उक्त बस नेपालगञ्जबाट नारायणगढ आउँदै गर्दा उक्त दुर्घटना हुँदा उक्त घटना भएकाे थियाे ।  

null

मृत्यु हुनेमा दैलेखको माबो गाउँपालिका – २ बस्ने वर्ष ५५ का नन्दलाल गुरुङ रहेका छन् । उनी दुर्घटना पछी गम्भिर घाईते भएका थिए उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ । अन्य घाईतेहरुको अवस्था सामान्य भएको र उनीहरुको उपचार सामुदायिक अस्पताल, पिपरामा उपचार भई रहेको प्रहरीले जनाएका छन् । 

प्रहरीले दुबै सवारी साधन र बसका चालकलाई पक्राउ गरी अनुसन्धान गरी रहेको जानकारी दिएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *