प्रभु बैंक लिमिटेडको ५ स्थानमा शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात

काठमाडौं, २८ चैत्र । प्रभु बैंक लिमिटेडले सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ मुस्ताङ्ग र म्याग्दी जिल्लाका विभिन्न स्थानमा ५ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । 

बैंकले मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका वडा नं २ स्थित मार्फा, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका वडा नं ४ स्थित कागबेनी, थासाङ गाउँपालिका वडा नं १ स्थित टुकुचे तथा वडा नं ३ स्थित लेते र म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नंं ३ स्थित दाना गरी ५ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो । 

 

null

यी पाँचवटै शाखा रहित बैंकिङ्ग सेवा शभारम्भ गर्दा स्थानीय जनप्रतिनिधी, समाजसेवी, बुद्घिजीवी तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो । प्रभु बैंकले सञ्चालनमा ल्याएको थप ५ वटा शाखा रहित बैंकिङ्ग सेवाबाट मुस्ताङ्ग र म्याग्दी जिल्लास्थित सम्बन्धित क्षेत्रका स्थानीय वासिन्दाहरुलाई खाता खोल्ने तथा आफ्नो खाताबाट तोकिएको सीमासम्मको कारोबार गर्ने लगायतको बैंकिङ्ग सेवा उपलब्ध हुनेछ । 

 

बैंकले सञ्चालनमा ल्याएको बिस्तारित बैंकिङ्ग सेवाबाट सम्बन्धित क्षेत्रका सर्वसाधारणहरु बैंकिङ्ग पहुँचभित्र आई आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *