चितवनमा वडा सदस्यहरुको कामप्रतिकाे लगाव

 

चैत्र १८, चितवन ।  स्थानीय तहको निर्वाचन भएको करिव दुई वर्ष वित्न लागेको छ । दुई वर्षको अन्तरालमा निर्वाचित जनप्रतिनिधीहरुले उपलव्धी मुलक काम गर्न नसकेको आरोप खेप्नु परेको छ । 

निर्वाचित भएपछि पनि विगतका कामलेनै निरन्तरता पाएको र थप नयाँ चिज पाउन नसकेको उनीहरु माथी आरोप पनि लाग्ने गरेको छ । जनप्रतिनिधीहरुले काम नगरेको भने होईन भन्ने पनि छन् । कसले के गरेन भन्नु भन्दा पनि काम कसरी भईरहेको छ भन्ने बारे चर्चा गर्नु आवश्यक देखिन्छ । चर्चा गर्न लायक छ चितवनको कालिका नगरपालिका वडा नम्वर ६ को । जहाँ वडा सदस्यहरु वडाध्यक्ष सरह काम गर्छन् । यस्ता उदाहरण बिरलै मात्रै सुनिने,भेटिने गरेको छ । तर कालिका ६ मा वडा सदस्यहरु कार्यालय समयमा जनताका कामका लागि खटिरहेका हुन्छन् । 

null

 

निर्वाचित भएर आए देखी नै सदस्यहरु कार्यालयमा अनिवार्य उपस्थित हुन्छन् कालिका ६ का वडाध्यक्ष बिनोद रेग्मी भन्छन् – निवेदन लेख्ने,परामर्श गर्ने जस्ता काममा उहाँहरु (सदस्यहरु ) ले समय दिईरहेका छन् ,जसका कारण वडाको काममा सहजता छ । वडा सदस्यहरुका लागि बस्न एउटा कोठामा छुट्टा छुट्टै टेवल र कुर्चीको व्यवस्था वडा कार्यालयले मिलाएको छ । वडा सदस्यहरुको लगावकै कारण आफुले कुनै कामका लागि भोली भन्ने नगरेको वडाध्यक्ष रेग्मीको भनाई छ । 

जनताको काममा बिलम्व छैन् वडाध्यक्ष रेग्मी थप्छन् – एउटा कामलाई सके सम्म अर्को दिन लगाउँदैनौ । कुनै समस्या पर्ने बित्तिकै वडा समिति बसेर समाधान गर्ने गरेको उनले बताए । कालिका ६ मा दुर्गा सुवेदी, दशरथ सापकोटा, वालकृष्ण अधिकारी र सम्झना परियार वडा सदस्य छन् । सरकारले भत्ता स्वरुप वडा सदस्यहरुका लागि ६ हजार रुपैया तोकेको छ । जनताको काम गर्छु भनेर जनतालेनै निर्वाचित गराए, जनताकै काम गर्न पाउँदा खुसी रहेको वडा सदस्य दशरथ सापकोटाले सुनाए । कालिका प्रवेश गरेको अनुभुती दिलाउँछु – रेग्मी 

कालिका नगरपालिका वडा नम्वर ६ मा चालु आर्थिक वर्षमा करिव ४ करोड बराबरको काम हुँदैछ । वडा, नगर, प्रदेश र संघको गरी सो रकम बराबरको योजना वडामा परेको छ । नगरस्तरमा वडाको सबै भन्दा ठुलो योजना खोलेसिमल देखी पाल्देन चोक सम्म ८३ लाखको लगातमा कालोपत्रेको काम हुन लागेको वडाध्यक्ष विनोद रेग्मीले जानकारी दिए । त्यस्तै कमलचोकदेखी वाग्लुङ चोक सम्म ३५ लाखको लागतमा कालोपत्रे हुँदैछ । 

वडाध्यक्ष रेग्मीका अनुसार चालु आर्थिक वर्षमा वडाका मुख्य सडक कालोपत्रे हुने र अर्को वर्ष भित्री सडकको काम सुरु हुनेछ । वडा नम्वर ६ कालिका नगरपालिकाको मुख्य बजार रहेको क्षेत्र समेत हो । नगरको जमुनापुरदेखी क्लव चोक सम्म अहिले दुई तर्फ ढल निर्माणको काम भईरहेको छ । पिच गरेपछि सडकमा फुटपाथ समेत निर्माण गर्ने योजना रहेको वडाध्यक्ष रेग्मीले बताए । वडा नम्वर ६ कालिका नगरपालिकाको मुख्य प्रवेशद्धार समेत हो । कुनै काम गर्न सपना देख्नु पर्ने रहेछ वडाध्यक्ष रेग्मीले भने – कालिका नगरपालिका प्रवेश गरेको अनुभुती दिलाउने गरी योजना बनाउँदै छौ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *