नेपालका कान्छा अभियान्ता धनगढीमा

 

बैशाख १, कैलाली । नेपालका कान्छा अभियान्ताको रुपमा परिचित केपी खनाल धनगढी पुगेका छन्। आफ्नै नेतृत्वमा बाजुरामा निर्माणाधिन अनाथ आश्रमको निरिक्षणका लागि कान्छा अभियान्ता खनाल धनगढी पुगेका हुन्। 

बाजुराको बूढीगंगा नगरपालिकाको ब्रह्मतोलामा अनाथ आश्रमको निर्माण लगभग सकिएपछि त्यस्को निरिक्षणका क्रममा उनको बाजुरा जाने कार्यक्रम छ। यस्तै धनगढी जुनियर जेसिजले कान्छा अभियान्ता खनालसँग आज अन्तरक्रिया कार्यक्रम पनि गरेको छ। “सके हजार नसके प्रचार” अभियान संचालन गरि ५० लाखमा अनाथ आश्रम निर्माण थालिएको थियो। 

null

मानव विकास सुचकमा नेपालको सबैभन्दा पुछार अर्थात ७७ औँ जिल्लाको रुपमा रहेको बाजुरामा अनाथ आश्रम सञ्चालन गरेर आश्रय नपाएर समस्यामा परेका अनाथ बालबालीकाहरुलाई सहयोग गर्ने योजना खनालको रहेको छ। अनाथ आश्रममा ५० भन्दा बढि अनाथ बालबालीकाहरुलाई आश्रय दिने व्यवस्था गरिने छ। बाजुरा बाहेक जिल्लाहरुमा पनि अनाथ तर आश्रय समेत नपाएर समस्यामा परेका बालबालीकाहरुलाई अनाथ आश्रममा राख्ने योजना अभियान्ता खनालको छ। 

२०६८ सालमा बाल क्लबबाट सुरु भएको उनको सामाजिक कार्यको अभियान अहिले देशभरी नै विस्तार भएको छ। उनले कैलाली लगायतका देशका विभिन्न स्थानमा पनि सरसफाई अभियान चलाएका छन्। ‘म बदलिन्छु मेरो देश बदलिन्छ’, ‘दशा लागेकालाई यो दशैं’, ‘भोकै छ जुम्ला’ लगायतका अभियान सञ्चालन गरेर खनाल सामाजिक कार्यमा सक्रिय रहेका छन्। सुदूपश्चिमको अछाम जिल्ला स्थित रामारोसन गाउँपालिका घर भएका खनालको कक्षा १२ सम्मको अध्ययन कैलालीबाट पुरा भएको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *