‘सरकारले दुई तिहाईको दम्भ देखाएर जनतालाई निराश तुल्यायो’ शाह

काठमाडौं, १९ चैत । नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेशजंग शाहले सरकारले दुई तिहाईको दम्भ देखाएर जनतालाई निरास पारेको आरोप लगाएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा सयुंक्त बिद्यार्थी संगठनले गरेको पत्रकार सम्मेलनमा बोल्दै शाहले अहिलेको सरकारले मुलुकलाई अधिनायकबाद तिर धकेल्न खोजेको भन्दै आफ्नो संगठन लोकतन्त्रको पहरेदार रहेको जिकिर गरे । उनले कुनैपनि हालतमा नेपालमा अधिनायकबाद लागु हुन नदिने जिकिर गरे ।  

आफूहरुको संगठन समग्र समाज तथा विद्यार्थीको हकहितको लागि काम गर्ने संगठन भएको बताउँदै उनले नेपालको भौगोलिक अवस्था अनुरुपको शिक्षा प्रणालीमा जोड दिन सरकारसँग माग गरे । 

उनले सरकारले ‘विप्लव’माथी लगाएको प्रतिबन्ध गलत रहेको बताउँदै तत्काल वार्तामा बोलाउन सरकारलाई आग्रह गरे । उनले देशमा हिंसा र अधिनायक प्रवृत्ति नदेखाउन पनि सरकारलाई चेतावनी दिए । अनेरास्ववियू पाँचौका अध्यक्ष घनश्याम मिश्रले चुनावको समयमा गरेको वाचाहरुप्रति सरकार गम्भिर नबनेका आरोप लगाए । 

null

 

वर्तमान सरकारको गतिविधि ठीक नभएको भन्दै उनले सरकारले निजी क्याम्पसहरुलाई प्रसय दिँदै गएर त्रिभुवन विश्वबिद्यालयलाई बिघटन गर्ने षड्यन्त्रमा लागेको आरोप लगाए । अहिले विश्वबिद्यालयमा सेमेस्टर प्रणाली नियम–संगतले नचलेको भन्दै उनले शिक्षामा सरकारले गर्दै आएका गलत कामहरुको बिरोध गरे । देशमा अहिले कालोबजारी र भ्रष्टाचार मौलाएको उनको अभिब्यक्ति रहेको छ । 

त्यस्तै कार्यक्रममा बोल्दै नयाँ शक्ति विद्यार्थी यूनियनका अध्यक्ष श्यामबाबु गौतमले अंकको आन्दोलन प्रतिपक्ष यूनियनको आन्दोलन भएको बताए । सरकारले न्यायको नाममा जनतालाई आश्वासनबाहेक अरु कुनै ग्यारेन्टी नगरेको भन्दै उनले निर्मला पन्तको हत्यारा समात्न सरकार किन असफल भयो भन्दै आक्रोस पोखे । उनले स्ववियु निर्वाचन बैशाखभित्रै गराउनपनि माग गरे । त्रिभुवन विश्वबिद्यालयमा विद्यमान रहेको दलीय भागबण्डा अन्त्य गरिनुपर्ने उनको थियो ।  

कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी युनियनका अध्यक्ष प्रविण मिश्रले सरकारको प्रवृत्ति देखेर आफुहरुले कालो ब्यानरमा कार्यक्रमको आयोजना गरेको जनाए । अहिले शिक्षामा व्यापारीकरण र निजीकरण ब्याप्त रहेको बताउदै उनले मेडिकल शिक्षाको नाममा सरकारले पैसा कमाईरहेको आरोप लगाए । नागरिकको वाक स्वतन्त्रतामा रोक लगाएको भन्दै उनले सत्ताको दुरुपयोगमा नलाग्न सकारलाई चेतावनी दिए । 

 

राष्ट्रबादी विद्यार्थी संघका अध्यक्ष ताराप्रसाद अर्यालले सरकारका कारण नागरिकको दिनचर्या तहसनहस भएको भन्दै आक्रोस पोखे । अहिले लाखौं युवाहरु विदेश पलायन भएको बताउँदै उनले स्वदेशमै केही गर्न मिल्ने खालको शिक्षा विकासमा सरकार लाग्नुपर्ने ध्यानकार्षण गराए । प्रदेश नम्बर २ मा भएको प्राकृतिक बिपत्तिको समयमा पनि सरकारले कुनै राहतका कार्यक्रमहरु घोषणा नगरेको भन्दै तुरुन्त राहतका कामहरु अगाडि बढाउनुपर्ने माग गरे ।  

राष्ट्रिय विद्यार्थी संघका महासचिव रञ्जित निश्पक्षले बारा, पर्सालगायतका जिल्लामा हालै भएको हावाहुरीजस्ता प्राकृति बिपतको घटनालाई सरकारले राष्ट्रिय शोकको रुपमा घोषणा नगरेकोमा घोर आपत्ति रहेको बताए ।सरकारले हेलिकप्टरबाट हेर्दैमा पीडितहरुको समस्या सम्बोधन नहुने बताउदै उनले तुरुन्त पीडित लक्षित कार्यक्रम र क्षतिपुर्तिको घोषणा गर्नपनि सरकारसँग जोडदार माग राखे । 

क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले सरकार सर्वसत्ताको ढंगबाट अगाडि बढेको भनाई राखेका थिए । राज्य व्यवस्था ठिक नभएको भन्दै उनले सरकारले शिक्षामा उचित वातावरणको सिर्जना गर्नुपर्ने धारणा राखे । 

यता समाजबादी फोरमका अध्यक्ष विवेक राईले देशमा भएको परिवर्तनमा विद्यार्थीहरुको ठूलो योगदान रहेको स्मरण गराए । सरकारले सत्तामा पुग्न जनतालाई झुठा आश्वासनमात्रै बाँडेको उनको आरोप छ । 

त्यस्तै कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले चैत्र २९ गते राष्ट्रिय सभागृहमा फरक धारका ब्यक्तिहरुको एउटै मञ्चमा भेटघाट हुने जनाए । अहिल देशमा अरवौंका घोटालाहरु भएको भन्दै उनले आजसम्म भएका घोटाला तथा भ्रष्टाचार गरेको पैसा फिर्ता नभएको स्मरण गराए । 

सरकारले रबैयातन्त्रको सुरुवात गरेको भन्दै त्यसको विरुद्धमा ११ सयुंक्त विद्यार्थी संगठनहरुले यही चैत्र २९ गते विशाल विरोध सभाको आयोजना गर्ने घोषणा गरेका छन् । सरकारले मूलधारको राजनीति गरिआएको नेत्र बिक्रम चन्द ‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाएको र विखण्डनको नारा घन्काउने सिके राउतलाई संरक्षण गरेको भन्दै त्यसको विरुद्धमा विशाल विरोध सभा गर्न लागिएको संयुक्त ११ विद्यार्थी संगठनले जानकारी दिएको छ ।  

संगठनले शैक्षिक तथा राजनैतिक एजेन्डामा केन्द्रित रहँदै सरकारको गम्भिर ध्यानाकर्षण गराउन आगामी चैत्र २९ गते राष्ट्रिय सभागृहमा विशाल बिरोधको कार्यक्रमबारे जानकारी गराएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *