‘बारा र पर्सामा रमिता हेर्ने होईन, सहयोगी हातहरु पुगेका छन्’ मुख्यमन्त्री राउत

 

काठमाडौं, २० चैत । हावाहुरी पिडितलाई राहत वितरण गर्न भन्दापनि रमिता हेर्नेहरुको भिड बढेको चर्चा भइरहँदा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले भने सहयागी हातहरु नै राहत वितरणमा पुगेको बताएका छन् । राजधानीमा आज आयोजित सात्क्षात्कार कार्यक्रममा बोल्दै मुख्य मन्त्री राउतले प्रदेश सरकार पनि हावाहुरी पिडितको उद्दार, उपचार र पुर्नस्थापनमा गम्भिर भएको बताउँदै सबैतिरबाट सहयोग आइरहेको बताए । 

राउतले घट्नास्थलको दृश्य दर्दनाक रहेको भन्दै त्यहाँ पुग्ने जो कोहीको पनि आँखा रसाउने बताउँदै भने ‘थुप्रै सहयोगी हातहरु हामीले त्यहाँ पुगेको देखेका छौं । सबै पीडितसामू समान ढंगले राहत पुगोस भन्ने हाम्रो प्रयत्न छ । राहत एकद्धार प्रणालीमा वितरण गर्नुपर्छ भनेर नै हामी लागिरहेका छौं ।’ 

null

मुख्यमन्त्री राउतले हावाहुरीका कारण निधन भएका पीडित परिवारका लागि प्रदेश सरकारले घर निर्माण गर्न सहयोग गर्ने समेत घोषणा गरेका छन् । ‘प्रदेश सरकारले उहाँहरुको लागि सामूहिक पूनर्वासको लागि प्रबन्ध गर्ने सोच बनाएको छ । आन्तरिक मामिला तथा योजनामन्त्रीको संयोजकत्वमा बनेको पाँच सदस्यीय समितिले पनि त्यही कुरा सिफारिश गरेको छ ।’ राउतले भने । 

उनले सिँगो पीडित परिवारलाई प्रदेश सरकारको साथ र सहयोग रहेको विश्वास दिलाउँदै भने ‘प्रदेश सरकार पीडितहरुको दुःखमा साथमै छ । हामी घरदैलो गरिरहेका छौं । उहाँहरुको पीडा कम गर्न लागिरहेका छौं ।’ 

 

मुख्यमन्त्री राउतले घट्ना घटेकै दिन स्थानीय नेता तथा कार्यकर्ता, गाउँपालिका प्रमुख, प्रदेश सरकार घट्नास्थल पुगेको पनि जनाए । उनले भने,‘विहान ७ बजे नै प्रदेश सरकारको मन्त्रिपरिषद बैठक बसेर उद्धार तथा राहतमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको थियो । र, घाईतेहरुको सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो ।’ 

घाईतेहरुको उपचारको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने उनले जनाए । ‘आज मात्रैपनि मेरो नेश्नल मेडिकल कलेजका सञ्चालकसँग कुराकानी भएको छ, उपचारमा ३५ लाख लागेपनि त्यो दिन प्रदेश सरकार तयार छ ।’ घाईतेहरुको उपचारमा कुनै कमी हुनुहुँदैन भन्ने कुरामा प्रदेश सरकार सचेत र गम्भिर रहेको उनले दोहोर्याए । 

उक्त घट्नामा संघीय सरकारले खासगरी प्रधानमन्त्री केपी शर्मा ओली, सुरक्षा निकायका प्रमुखहरु, मन्त्रीहरु, मुख्य सचिवलगायतका जिम्मेवार निकायका व्यक्तिहरुले विशेष चासो देखाएको र उद्धार र राहतमा कुनै कमी आउन नदिनेगरि काम गरेको उनले सुनाए । 

उनले पीडितहरुको लागि राहत कोष स्थापना भैसकेको र कोषमा देश तथा विदेशबाट ठूलो सहयोग भैरहेको पनि जनाए । पीडित हुनेमा अधिकांश गरिब, मुस्लिम तथा दलितहरु रहेका पनि उनले बताए । उनले भने,‘आर्थिक रुपमा बढि विपन्न भएकाहरु नै प्रभावित भएका छन् । प्रहरी तथा सेनासँग आधिकारिक डाटा लिएर हामी सोही अनुसार सहयोग गर्छौं ।’ 

राहत तथा उद्धारको नाममा रमिता हेर्नेहरुको बढि भीड लाग्ने गरेको छ नि भनेर सोधिएको प्रश्नमा मुख्यमन्त्री राउतले ठाडै अस्विकार गर्दै भने ‘त्यहाँ कोहीपनि रमिता हेर्न गएका छैनन् । सहयोगी हातहरु नै त्यहाँ पुग्नुभएको छ । बरु, हामीले दृष्टिकोण बदल्न जरुरी छ, उहाँहरुको प्रशंसा गर्नुपर्छ ।’ 

फरक प्रसँगमा उनले संघीय सरकार र प्रदेश सरकारबीच दुरी नबढेको स्पष्ट पारे । उनले भने,‘व्यवस्था परिवर्तन भएको छ, अब हामीले सोचपनि परिवर्तन गर्नुपर्छ । हिजोको एकात्मक शासनजस्तो व्यवहार देखाउनु हुँदैन ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *