खैरहनीमा प्रविधियुक्त ट्वाईलेट बनाईदैँ

 

चैत २४ चितवन । खैरहनी नगरपालिका २ मा रहेको जनजीवन माध्यमिक विद्यालयमा नयाँ प्रविधिको शौचालय निर्माण गर्न लागिएको छ । सक्रियता रुपान्तरण नामक परियोजना संचालन गरिरहेको नोराड विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र काठमाडौ विश्वविद्यालयले दिसा र पिसाव छुट्टिएर रहने गरी शौचालय निर्माण गर्न लागेका हुन । 

परियोजना संचालन गरिरहेको तीन वटा विश्वविद्यालयले जनजीवन माध्यमिक विद्यालयमा इको स्याण्ट ट्वालेट निर्माण गर्न लागेको खैरहनी नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष टिकादत्त इटनीले जानकारी दिए । परियोजनाले विद्यालयमा बिगत डेढ वर्षदेखी पोषण खानेकुरा,वातावरणीय सरसफाई,शिक्षण सिकाई,करेसावारी युक्त विद्यालय वनाउने खालका गतिविधी संचालन गर्दै आईरहेको छ । सोही अन्र्तगत करेसावारीलाई आवश्यक पर्ने मल ,मुत्रका लागि नयाँ प्रविधिको शौचालय निर्माण गर्न लागिएको वडाध्यक्ष इटनीले बताए । 

null

मुत्र तत्काल प्रयोग गर्न सकिने भएपनि दिसा करिव २ महिनामा सुक्ने र त्यसपछि प्रयोग गर्न सकिन्छ । नमुना परियोजनाका लागि विद्यालयले पाँच कठ्ठा जग्गा प्रदान गरेको छ । करिव २६ लाखको लागतमा निर्माण सम्पन्न हुने सो शौचालयको त्रिभुवन विश्वविद्यालयका उपकुलपति डाक्टर तीर्थ खनियाले सिलान्यास गरेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *