आज भारतमा चौथो चरणको मतदान हुँदै

एजेन्सी ।  भारतमा जारी लोकसभा चुनावअन्तर्गत आज चौथो चरणको मतदान भइरहेको छ । १४ राज्यमा ७१ लोकसभा सिटका लागि मतदान भइरहेको हो । यो चरणमा महाराष्ट्रमा सबैभन्दा धेरै १७ सिटका लागि मतदान भइरहेको छ । 

यस्तै राजस्थान र उत्तर प्रदेशमा १३/१३, पश्चिम बंगालमा ८, मध्य प्रदेश र उडिसामा ६/६, बिहारमा पाँच, झारखण्डमा तीन तथा जम्मू–कश्मीरमा एक लोकसभा सिटका लागि निर्वाचन भएको हो । भारतमा अहिलेसम्म तीन चरणमा कुल ३ सय २ सिटका लागि मतदान भइसकेको छ । चौथो चरणपछि यो संख्या ३ सय ७३ पुग्ने छ ।सात चरणमा भइरहेको यसपटकको निर्वाचनमा ९० करोडभन्दा बढी मतदाताले ५ सय ४३ लोकसभा सिटका लागि मतदान गर्दै छन् । भारतको चुनावमा मतदान योग्य व्यक्तिको संख्या विश्वको कुल जनसंख्याको १० प्रतिशत भन्दा बढी हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + one =