राप्रपाको समर्थकमाथि प्रहरीकाे लाठी चार्ज : १०० जना घाइते

 

चैत्र २५, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजसंस्था सहितको हिन्दुराष्ट्र बनाउने माग सहित भृकुटी मण्डपमा धर्ना दिने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

अध्यक्ष थापा पक्राउ परेपछी त्यहाँको अवस्था तनाव भएको थियो । निषेधित क्षेत्र पुग्‍नुअघि नै पद्मोदय मोडमा उनी पक्राउ परेपछी उनका समर्थकले नाराबाजी गर्दै उनलाई प्रहरीको नियन्त्रणबाट खोसेका कारण त्यहाँकाे स्थिति तनावग्रस्त भएको हो । 

null

 

प्रहरीले भीड नियन्त्रणमा लिनका लागि आन्दोलनकारीमाथि अन्धाधुन्ध लाठी चार्ज गर्दा करिब सय जना घाइते भएको र १६ जनालाई गम्भीर चोट लागेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

घाइते हुनेहरुमा राप्रपा संसदीय दलका पूर्व उप–नेता रहेकी कुन्ती शाही, नेता माधव खत्री लगायत रहेका छन् । उनीहरुको मोडल अस्पतालमा उपचार भइरहेको श्रेष्ठ बताउँछन् । 

 

 

 

  

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *