धरानमा कामना सेवाकोे ८२ औं शाखा

 

बैशाख ३, धरान । कामना सेवा विकास बैंकको याँ शाखा सुनसरीको धरानमा सुरु भएको छ । बैंकले आफ्नो सेवा विस्तारको क्रममा धरान उपमहानगरपालिका स्थित छाता चोकमा आज आफ्नो ८२ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको हो । 

उक्त शाखाको बैंकका सञ्चालक देव कृष्ण काफ्ले तथा बैंकका प्रदेश नं. १ प्रमुख सुजन राईले नयाँ वर्षको शुभकामना प्रदान गर्दै संयुक्त रुपमा उद्घाटन गरेका थिए । 

null

कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरिधारी सापकोटाको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेश प्रमुख राईले बैंकको संक्षिप्त जानकारी गराउँदै प्रदेश नं १ मा यो सँगै ६ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा आउने बताए । 

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८२ वटा शाखा तथा ३७ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *