मौसम: आज कुन क्षेत्रमा कस्तो रहला ?
२०७५ चैत २९ गते

काठमाडौं, २९ चैत्र । आज देशको पूर्वी मध्य भूभाग तथा पश्चिमी पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भेगमा आंशिक बदली रहने मौसमविदले बताएका छन् ।
देशको पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । शुक्रबार राति पनि पूर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भुभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली नै रहने महाशाखाले उल्लेख गरेको छ ।
null
पूर्वी भूभाग लगायत मध्य र पश्चिमका पहाडी भूभागका केही स्थानमा राति पनि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
२०७५ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित








