कामना बैंक र साहारा हस्पिटलबीच विशेष छुट सम्झौता

 

चैत २५, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र साहारा हस्पिटल प्रा. लि पोखराबीच विशेष छुट पाउने गरि सम्झौता भएको छ । 

सम्झौता अनुसार अब कामना बैंकका सम्पूर्ण खातावाला, कर्मचारीका साथै उनीहरुको परिवारका अन्य सदस्यहरुले साहारा हस्पिटलमा उपचार गराउँदा तथा औषधी खरिद गर्दा विशेष छुट पाउने छन् । 

null

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट एण्ड ट्रान्जेक्सन बैकिङ्गका प्रमुख सुवास भट्टराई र साहारा हस्पिटल प्रा. लिको तर्फबाट सञ्चालक समितिका अध्यक्ष डा. गिरीधारी शर्माले हस्ताक्षर गरेका थिए । 

सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावान्वित हुने बैंकको विश्वास छ 

देशका विभिन्न भागहरुमा ८१ वटा शाखा तथा ३६ वटा एटीएम मार्फत् ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको कामना बैंकले समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *