महालक्ष्मी लाईफ इन्स्योरेन्ससँग एनआईसी एशियाकोको बैंकासुरेन्स सम्झौता

 

चैत १९, काठमाडौँ । एनआई सी एशिया बैंक लिमिटेडले महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । 

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनिको तर्फबाट कार्यकारी प्रमुखकार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे । 

null

यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २८१ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । 

एनआईसी एशियाले मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *