कामना सेवाको ७८ औं शाखा काठमाडौंको बानेश्वरमा

 

चैत्र १७, काठमाडाैँ ।  कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं महानगरपालिकाको वडा नं १०,बानेश्वरमा आजबाट आफ्नो ७८ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । 

बैंकका संचालक विश्वेश्वर सुबेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त शाखा राजधानीको लागि छैठौँ शाखा भएको र थप शाखाहरु पनि शिघ्र सञ्चालनमा आउने बताउँदै काठमाडौं उपत्यकाको व्यापारिक तथा आवसीय क्षेत्र बानेश्वरमा शाखा सञ्चालन भए सँगै बैंकले व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउने तथा बैंकले हालसालै प्रस्तुत गरेका विभिन्न अभूतपूर्व प्रोडक्ट्सहरुको बारेमा संक्षिप्त जानकारी गराए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *