खानेपानी मन्त्रीद्वारा गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्रको आकस्मिक निरीक्षण

 

बैशाख १६, काठमाडौं । खानेपानी मन्त्री बिना मगरले काठमाडौंको बाग्मती गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको आकश्मिक निरीक्षण गरेकी छन् । 

खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले गुह्यश्वरीमा निर्माण गरिरहेको फोहोर पानी प्रशोधन केन्द्रको कार्य प्रगतिको अवलोकन गर्न मन्त्री मगरले निरीक्षण गरेकी हुन् । 

null

दैनिक ३ करोड २४ लाख लिटर फोहोर पानीको प्रशोधन गरि शुद्धिकरण गर्ने उद्देश्यले यो आयोजना अघि बढाइएको हो । 

खानेपानी मन्त्री मगरले काठमाडौं उपत्यकामा बनिरहेको यस किसिमको प्रशोधन केन्द्रले उपत्यकाको ढलको समस्या धेरै हल हुने बताइन् । उनले आयोजनाको काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन समेत दिइन् । 

पानी शुद्धीकरण गरेर बाग्मतीमा मिसाइने भएकाले यसबाट काठमाडौं उपत्यकामा सिचाइँ र सरसफाइको क्षेत्रमा ठुलो उपलब्धि हासिल हुने आयोजनाका प्रमुख तिरेश बहादुर खत्रीले बताए । उनका अनुसार, अहिले यो प्रशोधन केन्द्रको भौतिक कार्य करिब ९० प्रतिशत सम्पन्न भएको छ । 

सन् २०१९ को जुलाई महिनामा सम्पन्न हुने लक्ष्यका साथ आयोजनाको काम तीब्र गतिमा अघि बढिरहेको छ । अत्याधुनिक प्रशोधन प्रविधि प्रयोग गरेर काम अगाडि बढाइएको आयोजना प्रमुख खत्रीको भनाइ छ । 

 

यो प्रशोधन केन्द्रको कार्य सकिएपछि यसबाट करिब ३ मेगावाट बिजुली र मल उत्पादन हुने बताइएको छ । यो प्रशोधन केन्द्रबाट उत्पादन हुने मललाई उचित मूल्यमा किसानहरुलाई बिक्री गरिने लक्ष्य राखिएको छ । यसबाट प्राङ्गगारिक मल उत्पादन हुने बताइएको छ । 

यो प्रशोधन केन्द्रको निर्माण कार्य भारतको चेन्नई स्थित भि टेक वाबाग कम्पनीले गरिरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *