सरकारका जनविरोधी कामले प्राप्त उपलब्धि पनि गुम्ने खतरा (भिडियोसहित)

 

बैशाख १५, काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव कर्णजित बुढाथोकीले वर्तमान सरकारका जनविरोधी कामले लामो संघर्ष पश्चात् प्राप्त उपलब्धि पनि गुम्ने खतरा रहेको औंल्याएका छन् । 

मकालु खबरसँग कुरा गर्दै उनले सरकारले पृथकतावादीलाई साथमा लिएर राजनीतिक दललाई प्रतिबन्ध लगाउने दुस्साहस गरेको समेत आरोप लगाए । 

null

गतवर्ष नेकपा माओवादी केनद्र र नेकपा एमालेबीच पार्टी एकताको क्रममा गोपाल किराती लगायत केही नेताहरु एकतामा नगई पुरानै पार्टीमा रहेका थिए । सोही पार्टीका महासचिव बुढाथोकीले सरकारको जनविरोधी तथा राष्ट्रघाती कदम विरुद्ध आन्दोलन गर्न विचार र एजेण्डा मिल्ने शक्तिहसँग कार्यगत एकता गर्न लागेको पनि जानकारी पनि दिए । 

‘विप्लवलाई प्रतिबन्ध गरेर आगोको झिल्कोलाई डढेलोमा रुपान्तरित गरेको छ, यसलाई कसरी रोक्न सक्छ यो सरकारले ? अब शान्तिपूर्ण समाधान खोज्नुको विकल्प छैन’, बुढाथोकीले भने । 

उनले सरकारले दुई तिहाइको दम्भ देखाएको आरोप लगाउँदै आफैँले अख्तियार गरेको नीति तथा सिद्धान्तको बर्खिलापमा जानुले उसको आयु घट्दै गएको धारणा समेत राखे । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =