लम्कीमा समेत मनाईयो टि.भी. टुडे टेलिभिजनको बार्षिक उत्सव 

 बैशाख १, कैलाली । चौथो बार्षिक उत्सवको अवसरमा टी.भि. टुडे टेलिभिजन सुदुरपश्चिम ब्यूरो कार्यालय लम्कीले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । 

टेलिभिजनको केन्द्रिय कार्यालयले बिभिन्न कार्यक्रमको आयोजना गरी काठमाण्डौमा उत्सव मनाई रहेका बेला लम्की ब्यूरो कार्यालयले पनी लम्की आसपासका पत्रकार सँग शुभकामना आदान प्रदान गदै उत्सवको अवसरमा शुभकामना साटासाट गरेको हो । 

कार्यक्रममा शुभकामना दिदै सामुदायिक रेडियो पश्चिम आवाजका प्रबन्ध निर्देशक युवराज न्यौपानेले टी.भि. टुडे टेलिभिजनले यस क्षेत्रका बिभिन्न मुद्धालाई प्राथमिकतामा राखेर प्रशारण गदै आएको बताउदै टेलिभिजनको सफलताको शुभकामना दिएका थिए । 

null

कार्यक्रममा शुभकामना दिदैं हाम्रो मालिका एफ.एम. लम्कीका स्टेशन म्यानेजर रमेश बजगाईले पछिल्लो समयमा थुप्रै टेलिभिजन सञ्चालनमा आएका भएपनी सुदुरपश्चिमको विकासको लागि टी.भि. टुडे टेलीभिजनले महत्वपुर्ण भुमिका खलेको बताएसुदुरपश्चिम ब्यूरो कार्यालय लम्कीका प्रमुख नवराज खनालको सभापतित्वमा भएको कार्यक्रममा यस क्षेत्रका पत्रकारहरुले शुभकामना दिएका थिए। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *