‘मेरो छवि धमिल्याउने प्रयत्न भयो, लोडसेडिङ गराउनेहरु सक्रिय भए’

 

चैत २५, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा लोडसेडिङ गराउनेहरु सक्रिय भएको बताएका छन् । 

सोमबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै निर्देशक घिसिङले पूर्व कार्यकारी निर्देशकहरू र प्राधिकरणभित्रका केही कर्मचारीहरु आफूविरुद्ध सक्रिय भएको बताएका हुन् । 

null

आफूविरुद्ध षड्यन्त्र भएको दावी गर्दै उनले भने, ‘प्राधिकरणमा विभिन्न लाञ्छना लगाएर मेरो छवि धमिल्याउने प्रयत्न भइरहेको छ । प्राधिकरणका केही कर्मचारीहरु पूर्व कार्यकारी निर्देशकका ईशारामा मेरो विरुद्ध षड्यन्त्र गरिरहेका छन्। हामी लोडसेडिङ अन्त्य गरेर नाफा कमाईरहेका छौं, भनेर उनीहरुलाई विश्वास नै भएको छैन ।’ 

आफ्ना विरुद्ध षड्यन्त्र गर्नेहरुकै पछि लागेर केही समाचार माध्यमले आफूले ६० लाख बैठक भक्ता लिएको भन्ने गलत समाचार प्रवाह गरेको भन्दै उनले आपत्ति जनाए । समाचारको खण्डन गर्दै उनले भने, ‘मैंले नेपाल सरकारसँग मासिक २ लाख गरी वर्षमा २४ लाख र बैठक भत्ताका रुपमा ६ लाख रुपैयाँ लिएको छु। यसलाई नै केही मानिसहरुले ६० लाख भत्ता लियो रे भनेर गलत प्रचार गरेका छन् ।’ 

हिजो प्राधिकरणलाई लुटेर लोडसेडिङ गर्नेहरुको आफूसँग प्रमाण भएको भन्दै उनले आवश्यक परे त्यसलाई बाहिर ल्याउन आफूलाई कुनै कठिनाई नहुने धारणा राखे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *