प्रभु बैंककाे नयाँ शाखा गोरखकाे पालुङटारमा

चैत्र २९, काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नाे शाखा सञ्जाल विस्तार गर्ने क्रममा हिजो देखी गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ५ पालुङटारमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 

प्रभु बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालिकामा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याएर पालुङटार नगरपालिकामा शाखा खोली सञ्चालनमा ल्याउने निजी क्षेत्रको पहिलो बैंक बन्न सफल भएको छ । 

हिजो देखी सञ्चालनमा आएको प्रभु बैंकको पालुङ्गटार शाखा कार्यालयबाट त्यहाँका स्थानिय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको अत्याधुनकी प्रविधी सहितको गुणस्तरिय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित ्हुनेछन् र पालुङटार नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । 

null

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *