एनआई सी बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

 

चैत्र १९, काठमाडौँ । एनआई सी एशिया बैंक लिमिटेडले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । 

यस सम्झौता अनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २८१ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । 

null

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनिको तर्फबाट कार्यकारी प्रमुख कार्यकारी अधिकृत श्री रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका थिए । 

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १४ लाख ५० हजार ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *