नेपाल बङ्गलादेश बैँकको रजत बचत खाता

बैशाख २, काठमाडाैँ ।  नेपाल बङ्गलादेश बैंकले समृद्धिसँग जोडौ नाता, सबै नेपालीको बैंक खाताको नारा सहित रजत बचत खाता सञ्चालनमा ल्याएको छ । नेपाल सरकारको खोलौँ बैंक खाता अभियान २०७६ लाई सहयोग गर्ने उदेश्य तथा बैंकको २५ औं वार्षिकोत्सव एवं नयाँ वर्ष २०७६ को अवसर पारेर नेपाल बङ्गलादेश बैँकले, हरेक नेपालीलाई खाता खोल्न अभिप्रेरित गराउँदै, आकर्षक बीमा सुविधा सहितको बचत खाता संचालनमा ल्याएको हाे ।  

 उक्त रजत बचत खाता खोले वापत आकर्षक प्रतिफलहरु पाउन सकिनेछ । उक्त खाता मात्र रू. २५ मा खाता खोल्न सकिने, बैंकद्वारा रू. १०० थप प्रदान गरिने, बचत कर्ता र इच्छाएको व्यक्तिलाई रू. १ लाख सम्मको स्वास्थ्य बीमा सुबिधा र नेपाल भरिका अस्पतालहरुमा उपचार सेवा जस्ता आकर्षक सुविधाहरु रहेका छन् । यस सुविधा अन्तर्गत बचतकर्ता र निजको इच्छाएको व्यक्तिले नेपाल भरीका अस्पतालहरुमा स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्चमा रू. १ लाखमा नबढ्ने गरि वार्षिक औषत निक्षेप रकमको २५ प्रतिशत वा अस्पतालको बिल रकम मध्ये जुन न्यूनतम हुन्छ सो रकम बराबर दावीप्राप्त गर्न सक्नेछन । 

संयुक्त बचत कर्ताको हकमा दुवै बचत कर्ता लाई यो सुविधा प्राप्त हुनेछ । यस प्रकारको सुविधा वर्षमा २ पटक प्राप्त गर्न सकिनेछ । विभिन्न १५० थरीका रोगको उपचार तथा शल्यक्रियाका निम्ति पनि यो सुविधा प्राप्त हुनेछ । 

null

उक्त बचत खाता सुरुवात समारोहमा बैँकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुगांनाले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको सकारात्मक प्रयासलाई बैंकको तर्फबाट पूर्ण साथ र सहयोग हुने प्रतिबद्धता जाहेर गरेका थिए। 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *