बारा–पर्साको हावाहुरी पीडितका लागि चन्द्रागिरीमा रक्तदान

चैत्र १९,काठमाडौं । बारा र पर्सामा भएको हावाहुरीबाट घाईते भएकाहरुको उपचारको लागि रगतको कमी नहोस भन्दै काठमाडौको चन्द्रागिरी नगरपालिका २ नागढुंगामा रक्तदान गरिएको छ । 

नेपाल रेडक्रस सोसाइटीको समन्वयमा समुदाय प्रहरी साझेदारी वडा समिति र वडास्तरिय बिपद ब्यवस्थापन कमिटी चन्द्रागिरि २ को आयोजनामा रक्तदान गरिएको हो । खुला रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेको कार्यक्रम चन्द्रागिरी नगरपालिका २ का वडा अध्यक्ष गोपी सुर्खेतीले बताए । 

 

null

आईतबार हावाहुरीका कारण निधन भएका २८ जनाको सनाखत भइसकेको छ । हावाहुरीका कारण ६ सय बढी घाइते भएका छन् । घाईतेमध्ये ९ जनालाई काठमाडौंका बिभिन्न अस्पतालमा उपचार भईरहेको छ भने अन्य घाईतेहरु तराईका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

 कार्यकम आयोजक महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रमुख प्रहरी निरिक्षक ज्ञानवहादुर खड्काले मानवीय कार्यमा सहयोग गर्न आग्रह गर्दै समुदाय र प्रहरीको सहयोगबाट मानविय कार्यमा सहयोग गर्न आवश्यक रहेकोले रत्तदान गरिएको बताए । संकलित रगत रेडक्रसको माध्यमबाट घाइतेसम्म पुर्याइने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *