विकासका लागि सुरक्षा र सुरक्षा सुदृढिकरणका लागि विकास अपरिहार्य छ : प्रधानमन्त्री ओली

 

चैत्र २८, काठमाण्डौँ । सैनिक अधिकृतहरुको दीक्षान्त समारोहकाे अवसरमा राष्ट्रिय एकता र राष्ट्रिय हितहरुको संरक्षणमा नेपाली सेनाले विगत देखि नै उल्लेखनीय काम गर्दै आईरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । 

प्रधानमन्त्री ओलीले बिहीबार खरिपाटीमा सैनिक अधिकृतहरुको दीक्षान्त समारोहमा सम्बोधन गर्दै सेनाले सरकारको मातहत र निर्देशनमा आफूलाई व्यवसायिक र मर्यादित संगठनको रुपमा स्थापित गर्न सफल भएको पनी बताएका छन् । 

null

उनले भने ‘आफ्नो विशिष्ट सांगठनिक क्षमताका आधारमा देशभित्र विपद् व्यवस्थापन, राष्ट्र निर्माणका कार्यहरु, नागरिक सैनिक सम्बन्ध विस्तार र राष्ट्रिय संकटमा नेपाली जनताप्रति बफादार रही नेपाली सेनाले काम गर्दै आएको छ ।’ 

प्रधानमन्त्री ओलीले ‘विकासका लागि सुरक्षा र सुरक्षा सुदृढिकरणका लागि विकास अपरिहार्य छ । ’ बताउनुको साथै देश हाल तीब्र विकासको बाटोबाट अगाडी बढि रकेको अवस्थामा विकासका लागि सुरक्षा सुदृढ हुनुपर्ने पनि धारणा समेत व्यक्त गरेका थिए । 

प्रधानमन्त्री ओली देशमा सुरक्षा चुनौती तथा भविष्यमा उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराहरुको सामना गर्न आन्तरिक शान्ति सुरक्षा र नेपाली सेनासँग सम्बद्ध सुरक्षा निकाय समेत सदैव सजग र सतर्क हुनेपर्ने बताउँछन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *