छात्राका लागि सेनिटरी प्याड वितरण

  

चैत २१ गते । खैरहनी नगरपालिका भित्र रहेको सामुदायिक विद्यालयहरु र एउटा क्याम्पसलाई विहीवार सेनिटरी प्याड हस्तान्तरण गरिएको छ । 

छात्रा विद्यार्थीहरुका लागि खैरहनी नगरपालिकाले सामुदायिक विद्यालयहरु र क्याम्पसका प्रमुखहरुलाई सयुक्त रुपमा प्याड वितरण गरेको हो । किशोर किशोरी कार्यक्रम अर्न्तगत महिनावारी स्वास्थ्य व्यवस्थापनका लागि सामुदायिक विद्यालयहरुलाई प्याड वितरण गरिएको नगरपालिकाकी स्वास्थ्य संयोजक माया पाण्डेले जानकारी दिईन् ।नगरपालिकामा आयोजित कार्यक्रममा खैरहनी नगरपालिकाकी उपमेयर सुनिता थपलिया,प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले विद्यालयका प्रधानाध्यापकहरुलाई प्याड हस्तान्तरण गरेका थिए । सो अवसरमा उपमेयर थपलियाले अति आवश्यक रहने भएकोले सेनिटरी प्याड वितरण प्रभावकारी हुने बताईन् । 

null

स्वास्थ्यको दृष्टिकोणले पनि सेनिटरी प्याड प्रयोग गर्नु पर्ने उनको भनाई थियो । नगरपालिकाले भुवानी शंकर वहुमुखी क्याम्पससहित खैरहनी माध्यमिक विद्यालय,कठार माध्यमिक विद्यालय,कंकाली माध्यमिक विद्यालय,जनजीवन माध्यमिक विद्यालय,कपिया माध्यमिक विद्यालय र गवै माध्यमिक विद्यालयलाई सेनिटरी प्याड प्रदान गरेको स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्माले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *