‘हिमाल मेरो देश’ कविता संङ्ग्रह लिएर आए दिनेश घिमिरे

चैत्र २४ काठमाडौं । युवा साहित्यकार दिनेश घिमिरेको तेस्रो कविता कविता संङ्ग्रह ‘हिमाल मेरो देश’ को विमोचन गरिएको छ । 

दोस्रो क्रान्ति दिवस नेपाली साहित्यले आइतबार राजधानीमा गरेको क्रान्ति नक्षेत्र–२०७५ तथा बहुभाषिक कविगोष्ठी, रक्तदान कार्यक्रम, वातावरण तथा विज्ञान प्रदर्शनी एवम् साँस्कृतिक कार्यक्रममा उक्त कविता संङ्ग्रह सार्वजनिक गरिएको हो । 

पूर्वमन्त्री कृपासुर शेर्पा, प्रदेशसभा– ३ का सांसद् रामेश्वर फुयाँल र साहित्यकार जगन्नाथ देवकोटाले संयुक्त रूपमा संग्रहको विमोचन गरेका हुन् । उक्त संङ्ग्रहमा ४८ वटा कविताहरू छन् । 

null

संङ्ग्रहको समीक्षा गर्दे साहित्यकार प्रयागराज भट्टराई ‘वाशिष्ठ’ले संङ्ग्रहको शीर्षक र साजसज्जाले कविताहरूको गाम्भीर्यतालाई प्रस्ट्याएको बताए । संङ्ग्रहभित्र शिक्षा, समाज सेवा, समाजका विभिन्न अङ्गहरूको वर्णन, विश्लेषण र राजनीतिका सकारात्मक र नकारात्मक पक्षप्रति व्यङ्ग्य गरिएका कविताहरू रहेको उनले बताए । 

 

कविताहरू शास्त्रीय छन्दमा रहेको बताउँदै भट्टराईले नेपाली साहित्यमा लोकप्रिय गजलको लयमा पनि कविता आधारित रहेको बताए । उनले भने, ‘संङ्ग्रहमा शास्त्रीय छन्दमा कविताहरू रहेका छन् । नेपाली साहित्यमा लोकप्रिय बनेको गजलका जुन लय छ, त्यसमा आधारित पनि छ ।’ 

कवितामार्फत् कविले असल बनेर देशको सेवा गर्न उत्प्रेरित गरेको उनको भनाई छ । 

बालबालिका, वृद्धवृद्धा र युवाहरूले देशलाई माया गरेर अगाडि बढ्नुपर्छ भन्ने उद्देश् ‘हिमालको देश मेरो’ कविता संङ्ग्रहको रहेको बताए ।  

समीक्षक रमेश शुभेच्छुले फरक शैलीका कविताहरूले कविले क्षमता प्रदर्शन गरेको बताए । उनले भने–‘१४ वटा बाल कविता, ४ वटा प्रौढ कविता र २८ वटा गीति कविताहरू छन् । यि तिनवटै शैलीका कवितामा कविले क्षमता प्रदर्शन गरेका छन् ।  

गीति कवितामा भन्दा अन्य कवितामा मानवताको भावना रहेको रहेको बताउँदै शुभेच्छुकले प्रेम प्रणयका संयोगात्मक र वियोगात्मक पक्षहरू पनि कवितामा रहेको बताए । घिमिरेका भोजुपरे खिचडी (कविता संङ्ग्रह), मेरा जीवनका चरणहरू, भाग–१ (खण्डकाव्य), फूल र म (कविता संङ्ग्रह), शालीकराम (शोककाव्य) प्रकाशित भएका छन् । हिमाल मेरो देश कविता संङ्ग्रह लाई उर्वर साहित्य समाजले प्रकाशनमा ल्याएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *