यी हुन् प्रदेश २ मा एसईई प्रश्नपत्र लिक गर्ने शिक्षक-प्रहरी

 

चैत २१, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रश्नपत्र परिक्षा अगावै लिक गर्ने ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । 

प्रदेश २ मा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र लिक गराउने ६ जनालाई बिहीबार प्रहरीले सार्वजनिक गरेको हो । ६ जना पक्राउ परेसँगै प्रश्नपत्र लिक गराउनेमा शिक्षकको समेत हात रहेको खुलेको छ । 

null

प्रश्नपत्र आउट भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी र स्थानीय प्रहरीको टोलीले उक्त घटनाबारे अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको थियो । 

पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–१० का २८ वर्षीय विष्णुदेव यादव, सोही ठाउँका २२ वर्षीय ब्रह्मदेव सुनरैत, सोही नगरपालिका–१६ का २८ वर्षीय मनोज यादव, सप्तरी कञ्चनपुर नगरपालिका–६ का २५ वर्षीय दीपेन्द्रकुमार मण्डल, सप्तरीकै हनुमाननगर कंकालिनी–१ का १७ वर्षीय राजेश यादव र सोही ठाउँका १७ वर्षीय उमेश यादव रहेको प्रहरीले जानकारी दिएका छन् । ब्रह्मदेव र दीपेन्द्रकुमार प्रहरी हुन् भने मनोज शिक्षक हुन्। 

प्रदेश २ मा चैत १४ र १५ गते विज्ञान र सामाजिक विषयको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत् बाहिरीएको थियो । प्रश्नपत्र बाहिरीएपछि प्रदेश २ को परीक्षा रद्द गरिएको थियो । समयमै परीक्षा दिन नपाएपछि त्यहाँका विद्यार्थी आन्दोति भएका थिए । विद्यार्थीहरुले सडकमा टायर बालेर प्रदर्शन समेत गरेका थिए ।   

रद्द गरिएको एसईई परीक्षा चैत २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बार्डले परीक्षा अगावै लगातार प्रश्नपत्र बाहिरीएपछि स्थगित गरिएको परीक्षा २२ देखि २९ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको हो । 

प्रदेश नम्बर दुईमा एसईई परीक्षा दिने विद्यार्थी लगभग ७० हजार ५ सय ६८ रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *